बेलायत सरकारद्धारा शरणार्थीलाई स्वदेश फर्काउने पहल सुरु

फाल्गुन ३०, २०८० | काठमाडौं

बेलायत सरकारले आफ्नो देशमा अबैद्य रुपमा बसोबास गर्दै आएका रुवाण्डाका नागरिकलाई स्वदेश फर्काउने पहल शुरु गरेको छ ।

घर फिर्ती प्रक्रीयामा जानेका लागि बेलायती सरकारले ३ हजार पाउण्ड सहयोग उपलव्ध गराउने जनाएको छ ।

बेलायतले शरणार्थीहरुलाई आफ्नो देश फर्कनका लागि आर्थिक सहयोग गर्न लागेको बीबीसीले जनाएको छ । 

यस अघि पनि अवैद्य शरणार्थीलाई स्वदेश फर्काउन बेलायतले विभिन्न योजनाहरु अघि सारेको थियो ।

बेलायती सहयोगको घोषणाले शरणार्थीहरुलाई स्वेच्छिक रुपमा स्वदेश फर्किने वातावरण बन्ने विश्वास गरिएको छ ।

शरणार्थीहरुले रुवाण्डा पुगेपछि थप सहयोग प्राप्त गर्ने समेत बेलायती सरकारले उल्लेख गरेको छ । 

गत वर्ष १९ हजार शरणार्थीहरुलाई स्वेच्छिक रुपमा स्वदेश फर्काइएको बेलायती सरकारी अधिकारीहरुले जनाएका छन् ।


प्रतिक्रिया