मध्यविन्दु जिल्ला अस्पतालमा हाड जोर्नीको शल्यक्रिया सुरु

पुस २२, २०८० | कावासोती

पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा हाड जोर्नीको शल्यक्रिया सेवा सुरु भएको छ । 

गण्डकी प्रदेश सरकारले सर्जन र एनेस्थेसियन चिकित्सको दरबन्दी कायम गरेपछि शल्यक्रिया सेवा सुरु भएको हो । यसअघि सो अस्पतालमा जनशक्ती अभावमा जटील प्रकारको शल्यक्रिया गराउन सकिएको थिएन । 

हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. राजन कण्डेलको टोलीले ६२ वर्षीय एक वृद्धको सफल शल्यक्रिया गर्दै सेवा सुरु गरेको अस्पताल विकास समितिका अध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । 

अब अस्पतालबाट नियमितरुपमा शल्यक्रिया सेवा संचालन हुनेछ । यसअघि सामान्य शल्यक्रियाका लागि समेत स्थानीयहरु चितवन जानुपर्ने बाध्यता थियो ।   


प्रतिक्रिया