नेपालमा पनि जेएन डट वान पुष्टि

पुस २३, २०८०

नेपालमा पहिलो पटक ओमिक्रोनको सव भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै ओमिक्रोनको सव भेरियन्ट जेएन डट वान पुष्टि भएको जनाएको हो । 

मुलुकका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित १६ वटा पीसीआर र एन्टीजेन पोजेटिभ नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट ७ वटामा जेएन डट वान पुष्टि भएको हो । कोभिड १९ को नयां सव भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कलाई आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै स्वास्थ्य संस्थाहरुलाई उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन समेत मन्त्रालयले आग्रह गरेको छ ।

विश्वका केही मूलुकमा सो भेरियन्ट फैलने क्रम तीब्र बनेकाले जोखिम बढीरहेको भन्दै मन्त्रालयले आवश्यक निगरानी र समन्वय गरीरहेको पनि जनाएको छ । 


प्रतिक्रिया