चिकित्सक दर्ता प्रमाणपत्र परिक्षामा उत्तिर्णको हुनेको संख्या बढ्यो

माघ २२, २०८० | काठमाडौं

नेपाल मेडिकल काउन्सिलले पछिल्लो पटक लिएको परिक्षामा उत्तिर्ण हुनेको संख्या बढेको छ । 

काउन्सीलले गत असोजमा लिएको चिकित्सक दर्ता प्रमाणपत्र परिक्षाको तुुलनामा यही माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको परिक्षामा उत्तिर्ण हुनेको संख्या समग्रमा १० प्रतिशतले बढेको हो ।

 काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्रको परिक्षामा ५६दशमलव ६८ प्रतिशत उत्तिर्ण भएका छन् ।

 अघिल्लो पटकको परीक्षामा ४६ प्रतिशत मात्र उत्तिर्ण भएका थिए । मेडिकल तर्फ ९ सय ७२ जना र डेण्टल तर्फ १ सय ७४ जना पास भएको काउन्सिलले जनाएको छ । यसैबीच, काउन्सीलले नतिजा प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि तोकिएको दस्तुर बुझाई आवश्यक विवरणका साथमा आवेदन दिन सक्ने जनाएको छ । 


प्रतिक्रिया