सहकारीको समस्या समाधान गर्न कानुन बनाउने सरकारको निर्णय

वैशाख १३, २०८१ | काठमाडौं

सरकारले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानकालागि तत्काल आवश्यक कानुन बनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सहकारीको समस्या छिटो समाधान गर्न विद्यमान कानुनबाट समाधान नहुने निष्कर्ष निकालेकोसरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो ।

बचतकर्ताको रकम फिर्ता गर्न तथा उनीहरुको रकमको सुरक्षा गर्ने संयन्त्र आवश्यक पर्ने भएकाले कानुनी व्यवस्था गर्ने तयारी भएको मन्त्री शर्माको भनाई छ ।  


प्रतिक्रिया