बेलबारीमा कला तथा साहित्य महोत्सव हुने

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ५, २०७६ | विराटनगर

मोरङको बेलबारीमा कला तथा साहित्य महोत्सव आयोजना हुने भएको छ । बेलबारी साहित्य विकास समितिको आयोजनामा जेठ १० गतेदेखि दोस्रो कला तथा साहित्य महोत्सव गर्न लागिएको हो ।

‘भाषा कला र साहित्यको उत्थान, बेलबारी नगरको समृद्ध संस्कृति र पर्यटन’ भन्ने नाराका साथ महोत्सव दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

महोत्सवमा चित्रकला प्रतियोगिता र बहुभाषिक साहित्य गोष्ठी आयोजना हुनेछ । यसैगरी पुरस्कार वितरण र पुस्तक सार्वजनिकीकरण तथा साहित्य गोष्ठी आयोजना हुने महोत्सवमा देश तथा विदेशका साहित्यकारहरुको सहभागिता हुने जनाइएको छ ।

 


प्रतिक्रिया