नेपालले कतारलाई दियो १ सय २३ रनको चुनौती 

रेडियो कान्तिपुर संवाददाता

श्रावण ७, २०७६ | काठमाडौं

- सिंगापुरमा जारी आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटको आफ्नो पहिलो खेलमा नेपालले कतारसामु १ सय २३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । ईण्डियन एसोसिएसन क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय २२ रनमात्र बनाएपछि कतारले सामान्य चुनौती प्राप्त गरेको हो । 

पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको किर्तिमानी साझेदारी गरेपनि अन्य ब्याट्सम्यानले ठुलो ईनिङस खेल्न नसक्दा नेपाल सामान्य स्कोरमा समेटिएको हो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्बाधिक ३४ रन बनाए । कप्तान खड्काले २८, मल्लले २३ र सोमपाल कामीले ११ रन जोडे । १३ बल खेलेका शरद भेषावकर ७ र ७ बल खेलेका बिनोद भण्डारी ३ रन बनाएर पभेलियन फर्किए । 

अन्तिम ओभरमा कतारका ईकवाल हुसैनले हृयाट्रिक विकेट लिए । तामोर साजदाद र नौमान सरवारले समान २ तथा ईनाम उल हकले एक विकेट हात पारे ।  १ सय २३ रनको चुनौतीसहित जवाफि ब्याटिङ थालेको कतारले गतिलो जवाफ फर्काएको छ । १० ओभरको खेल सकिदा कतारले ३ विकेट गुमाएर ६८ रन बनाएर खेलिरहेको छ । 

आजै सिंगापुर र कुबेतबिच पनि प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया