कोरोना कहर : झण्डै २० लाख संक्रमित

वैशाख २, २०७७ | काठमाडौं

कोरोना भाइरस संक्रमितको संख्या विश्वभर १९ लाख २३ हजार ६ सय ५१ पुगेको छ । १ लाख १९ हजार ५ सय ९५ जनाको संक्रमणकै कारण ज्यान गएको छ । ४ लाख ४३ हजार ८ सय ८६ जना पूर्ण रुपमा संक्रमण मुक्त भइसकेका छन् । अमेरिकामा आज एकै दिन १ हजार ५ सय १३ जनाको ज्यान गएको छ । 

विश्वमै सबैभन्दा धेरै ज्यान गुमाउने तथा संक्रमितको संख्याका आधारमा अगाडी रहेको अमेरिकामा ५ लाख ८६ हजार ७ सय ४८ संक्रमित पुगेका छन् । २३ हजार ६ सय १८ जनाले ज्यान गुमाएका छन् । इटलीमा ज्यान गुमाउनेको संख्या २० हजार ४ सय ६५ पुगेका छन् त्यहाँ एक लाख ५९ हजार ५ सय १६ जना संक्रमित पुगेका छन् । स्पेनमा १ लाख ७० हजार ९९ जना संक्रमित पुग्दा १७ हजार ७ सय ५६ जनाले ज्यान गुमाएका छन् ।  


प्रतिक्रिया