फ्रान्स : लकडाउन मे ११ सम्म

वैशाख २, २०७७

फ्रान्सले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मे ११ तारिखसम्म लकडाउन लम्ब्याएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोनले पछिल्लो अवस्थालाई ध्यानमा राखी लकडाउनको समय अवधि थप गरेको बताउनुभएको छ ।

टेलिभिजन सम्बोधनको क्रममा राष्ट्रपति म्याक्रोनले अन्य देशहरुमा जस्तै फ्रान्समा पनि पीपीई, मास्क जस्ता अत्यावश्यक सामानको अभाव रहेको र सो अभाव अझै यथावत रहेको बताउनुभएको न्यूयोर्क टाइम्सले जनाएको छ । फ्रान्समा अहिलेसम्म साढे १४ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । 


प्रतिक्रिया