लेबननको बेरुतमा २ साता आपतकालीन अवस्था घोषणा

श्रावण २२, २०७७ | काठमाडौं

लेबननको बेरुत विष्फोटको अनुसन्धानका लागी बन्दरगाह भन्सार कार्यालयका अधिकारीलाई नजरबन्दमा राखिएको छ । 

राजधानी बेरुतको बन्दरगाहमा भण्डारण गरि राखिएको एमोनियम नाइट्रेट नामक रसायन पड्किदा १ सय ३५ जनाले ज्यान गुमाएका छन् । ४ हजार भन्दा बढि घाइते भएका छन् । जसका कारण लेबनानमा दुई साताको आपतकालिन अवस्था घोषणा गरिएको छ । २ हजार ७ सय ५० टन एमोनियम नाइट्रेट गैरकानुनी रुपमा भण्डारण गर्न दिएको भन्दै बन्दरगाहको भन्सार कार्यालयका अधिकारीलाई नजरबन्दमा राखिएको हो ।

लेबननका भन्सार प्रमुख बद्रि दहेरले पटक पटक गैरकानुनी रुपमा भण्डारण गरिएको रसायन हटाउन पत्राचार गरेपनि अवज्ञा गरिएको दाबी गरेका छन् । 

जापानको हिरोसिमामा दोश्रो विश्वयुद्धमा प्रहार गरिएको एटम बम भन्दा पनि शक्तिशाली बिष्फोट भएको बेलायतको सेफिल्ड युनिभर्सिटीको अध्ययनले देखाएको छ । 


प्रतिक्रिया