आबेको उत्तराधिकारीका रुपमा शुगा चयन

भाद्र २९, २०७७

जापानको सत्तारुढ दल लिबरल डेमोक्रटिक पार्टी एलडीपीले सिन्जो आबेको उत्तराधिकारीका रुपमा योशिहिडे शुगालाई चयन गरेको छ । नयाँ नेतृत्वका रुपमा चयन भएसंगै सुगाले निवर्तमान प्रधानमन्त्री आबेको स्थान पाउने पक्का छ । सुगा ठूलो मतान्तरले विजयी हुँदै सो पार्टीको अध्यक्ष बन्नु भएको बीबीसीले जनाएको छ । 

सत्तारुढ दलका सांसद र क्षेत्रिय प्रतिनिधि गरी ५ सय ३४ मत मध्ये उहाँले ३ सय ७७ मत प्राप्त गर्नुभयो । आगामी बुधबार बस्ने संसदको बैठकले नयाँ प्रधानमन्त्री चयन गर्नेछ । सुगा पूर्व प्रधानमन्त्री आबेको घनिष्ट सहयोगी मानिनुहुन्छ । सुगाले आफ्ना पूर्ववर्तीका नीतिलाई नरन्तरता दिने बताउनु भएको छ । 

स्वास्थ्यको कारण देखाउँदै सिन्जो आवेले गत महिना प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको थियो । नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरसम्म कार्यभार सम्हाल्नेछन् । 


प्रतिक्रिया