अर्मेनिया र अजरबैजानबीचको विवाद उत्कर्षमा, झडप २३ जनाको मृत्यु

आश्विन १२, २०७७ | काठमाडौं

अर्मेनिया र अजरबैजानबीच लामो समयदेखिको सीमा विवाद उत्कर्षमा पुगेको छ । नागोर्नो काराबाख क्षेत्रमा ती दुई मुलुकबीच झडप हुँदा २३ जनाको मृत्यु भएको छ । 

भीडन्तका क्रममा एउटा हेलिकप्टर खसालिएको छ भने एउटा ट्यांक पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । सो क्षेत्र अजरबैजानको भएपनि लामो समयदेखि अर्मेनियाको जनजाती समुहले नियन्त्रण जमाउदै आएको छ ।साम्यवादको अधिनमा दमन गरिएका जातीय तथा धार्मिक भिन्नातले त्यहाँ विना निम्त्याएको बीबीसीले उल्लेख गरेको छ । अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभले आफूबाट अलग भएको भूमिलाई पुन: प्राप्ती गरेरै छोड्ने बताउनुभएको छ । 

भीडन्तपछि अजरबैजान, अर्मेनिया र विवादास्पद नागोर्नो–काराबाखका केही स्थानमा सेना परिचालन गरिएको छ । यसअघि गत जुलाई पनि सीमा क्षेत्रमा झडप हुँदा १६ जनाको मृत्यु भएको थियो । सन् १९९० को दशकमा ती मुलुक अलग हुने क्रममा भएको द्वन्द्वमा हजारौंले ज्यान गुमाएका थिए ।

हिमाली क्षेत्रमा ३ दशकदेखि जारी द्वन्द्व समाधानको बाटो अझै अनिश्चित छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले नयाँ संकटको समयमा अजरबैजानलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । यता अर्मेनियाको मित्रराष्ट्र रहदै आएको रुसले तत्काल युद्धबिराम गरी वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ । 


प्रतिक्रिया