नुवाकोटमा आजबाट अर्ध बन्दाबन्दी

श्रावण २३, २०७७ | नुवाकोट

– नुवाकोटमा अर्ध बन्दाबन्दी सुरु भएको छ । संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो । जिल्लामा सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाइएको छ । जिल्लाभित्र संचालन हुने सम्पूर्ण यात्रुबाहक सार्वजनिक यातायातका साधनहरु साउन २३ गतेबाट अर्को निर्णय नहुँदासम्म संचालनमा रोक लगाउने प्रमुख जिल्ला अधिकारी एवं संकट व्यवस्थापन केन्द्रका अध्यक्ष झंकनाथ ढकालले बताउनुभयो । अत्यावश्यक सेवाका साधन र अनुमति प्राप्त साधन बाहेक सम्पूर्ण सवारी साधनहरु जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाएको छ । 

आजदेखि लागू हुने गरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्स बाहेक कुनै प्रकारका सवारी साधन जिल्ला प्रवेशमा रोक लगाइएको छ । त्यसैगरी बेलकोटगढीनगरपालिकाको कोल्पुखोला पुलदेखि दुईपिपल जाने दायातर्फको सडकबाट आवतजावतमा गर्न रोक लगाइएको छ । क्वारेन्टिन तोकिएका होटल तथा लज बाहेक सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्टहरु संचालनमा रोक लगाइएको छ । सबै धार्मिकस्थलमा सामुहिक भेला हुन, जात्रा पर्व, सभासम्मेलनका कार्यक्रम नगर्न रोक लगाएको छ । 

खेलकुदका गतिविधि, जिमखाना, फिटनेश, सैलुन तथा व्युटिपार्लरहरु संचालनमा रोक लगाएको छ । यही साउन २५ गते आइतबारदेखि अर्को आदेशनभएसम्म जिल्लाभित्रका सबै सरकारी, निजी, तगा गैरसरकारी क्षेत्रले प्रदान गर्ने सेवा अत्यावश्यक सेवा प्रवाह गर्न भनिएको छ । केन्द्रले जिल्लाका ८८ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा ७ सदस्यीय कोरोना रोकथाम समूहलाई सक्रिय रुपमा परिचालित गराउने केन्द्रले निर्णय गरेको छ । जिल्ला प्रवेशलाई व्यवस्थित गर्न बेलकोटगढनीनगरपालिकाको कोल्पुटार, ककनी र शिवपुरीगाउपालिकाका सबै नाकामा स्वाथ्य सहायता कक्ष स्थापना गर्ने भएकालाई थप व्यवस्थित गर्ने केन्द्रले निर्णय गरेको छ । 


प्रतिक्रिया