कोभिड १९ नियन्त्रणका लागि सरकारले बनाएको संयन्त्र पूर्ण रुपमा असफल: कंग्रेस

श्रावण २६, २०७७ | काठमाडौं

– नेपाली कांग्रेसले कोभिड १९ नियन्त्रणका लागि सरकारले बनाएको संयन्त्र पूर्ण रुपमा असफल भएको आरोप लगाएको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै पार्टीको कोभिड १९ अनुगमन समितिका संयोजक प्रकाशसरण महतले योग्यता, वरिष्ठता र व्यवसायिकतालाई बेवास्ता गर्दै सरकारले नियुक्ति गर्दा संक्रमण रोकथाम र नियन्त्रणमा निष्प्रवाहि बनेको बताउनुभयो । संयोजक महतले संक्रमण नियन्त्रण गर्न सकिने परिस्थिति हुँदाहुँदै पनि कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।

ंखाडी मूलुकमा रोजगार गुमाई भीसा अवधि पनि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा स्वदेश ल्याउने व्यवस्था मिलाउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै स्वास्थ्यकर्मी र सो क्षेत्रसंग संलग्न अन्य सहयोगीहरुको हौसला कायम राख्न कोभिड १९ जोखिम भत्ता सरकारले व्यवस्था गर्नुपर्ने संयोजक महतको भनाई थियो । संक्रमण दर यही अवस्था बढ्दै जाने हो भने स्वास्थ्यकर्मीहरुको अभाव हुने भन्दै कांग्रेसले तत्काल आवश्यक तालिमको व्यवस्था मिलाई स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिने व्यवस्था सुनिश्चित गर्न पनि भनेको छ । 


प्रतिक्रिया