पछिल्लो २४ घण्टामा थप १५ सय १३ जनामा कोरोना पुष्टि

आश्विन १३, २०७७ | काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ९ सय ५७ पुरुष र ५ सय ५६ महिला गरी एक हजार ५ सय १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ३१ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमित २० हजार ३ सय ९६ जना छन् भने ५ हजार ७ सय ७८ जना क्वारेन्टिनमा रहेका छन् । 


प्रतिक्रिया