रुपन्देहीमा ६ सय ३७ संक्रमित आइसोलेशनमा

आश्विन १३, २०७७ | तिलोत्तमा

रुपन्देहीमा मंगलबार थप ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार २० जना महिला र ४८ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । 

मंगलबार थपिएका संक्रमितमा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाका रहेका छन् । बुटवलमा १५ जना महिला र ३० जना पुरुष गरी ४५ जनामा संक्रमण देखिएको छ । 

यस्तै, सिद्धार्थनगर नगरपालिकामा १०, देवदह नगरपालिकामा १, तिलोत्तमा नगरपालिकामा ७, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १, सैनामैना नगरपालिकामा ३ र शुद्धोधन गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

रुपन्देहीमा हालसम्म संक्रमितको संख्या २ हजार ५ सय ६४ पुगेको छ । संक्रमित मध्ये २३ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ९ सय ४ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । जिल्लामा ६ सय ३७ संक्रमित आइसोलेसनमा उपचाररत छन् ।


प्रतिक्रिया