अतिक्रमित क्षेत्र १५ दिनभित्र छोड्न चितवन राष्ट्रिय निकुञ्जको चेतावनी

वैशाख १६, २०८३ | चितवन

अतिक्रमित क्षेत्र छाड्न चितवन राष्ट्रिय निकुञ्जले १५ दिने सुचना जारी गरेको छ । निकुञ्ज कार्यालयले जारी गरेको सुचनामा अटेर गरेर समय सिमाभित्र अतिक्रमित क्षेत्र नछाडे बिगो कायम भएमा बिगोको दोब्बर जरिवाना र एक वर्ष कैद गर्ने, बिगो कायम नभएको कसुरमा २० हजार रुपैया“सम्म जरिवना, ६ महिनासम्म कैद वा कैद र जरिवना दुवै हुने उल्लेख छ । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्त निकुञ्जले प्रथामितका तोकेर अतिक्रमण खाली गराउने योजना बनाएको बताउनुभयो । त्यसपछि दोस्रो चरणमा अन्यत्र जग्गा भएका तर निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अतिक्रमण गरेर संरचना बनाएर बसेकाहरुलाई हटाउने पन्तले जानकारी दिनुभयो ।

 चितवन राष्ट्रिय निकुञ्जको आर्थिक वर्ष ०६९/७० को बार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार निकुञ्जको एक हजार १६ हेक्टर जमिन अतिक्रमण भएको छ । निकुञ्जका हालका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्तले अहिले ११ सय हेक्टर जति जमिन अतिक्रमण भएको बताउनुभयो । 


प्रतिक्रिया