बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

आश्विन १४, २०७७ | तिलोत्तमा

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक संक्रमितको बुधबार बिहान मृत्यु भएको छ । उपचारको क्रममा देवदह नगरपालिका–११ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले बताउनुभयो । 

असोज ११ गते स्वास्थ्यमा समस्या भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याईएका ती पुरुषमा कोरोना संक्रमण देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको थियो । 

उपचारकै क्रममा बुधबार बिहान १० बजे उनको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. थापाले जानकारी दिनुभयो । मृतकको मिर्गौला र रगतमा खराबी रहेको थियो । 

हाल सो अस्पतालको आईसीयूमा १६ र भेन्टिलेटरमा एक बिरामीको उपचार भइरहेको डा. थापाले जानकारी दिनुभयो । 


प्रतिक्रिया