उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठ बेइजिङमा

फाइल फोटो  

चैत्र १२, २०८० | काठमाडौं

चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङ पुग्नुभएको छ ।

बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डाइरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा ९ दिनका लागि चीन भ्रमणमा जानुभएको हो ।

चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ । उहाँले आजैबाट राजनीतिक भेटवार्ता शुरु गर्ने बताइएको छ ।   


प्रतिक्रिया