पुल बनेपछि दुर्गम विगु र आलम्पूमा बाह्रै महिना सडक संजालमा जोडिए
पुस ८, २०८२ | दोलखा
मोटरेवल पुल बनेसँगै दोलखाको विगु गाउँपालिका–६ र ७ मा बाह्रै महिना यातायात संचालनमा आएको छ । मोटरेवल पुल नहुँदा आलम्पू र विगुका झण्डै २ हजार ५ सय परिवार हरेक बर्षामा सडक संजाल विहिन बन्दै आएका थिए ।
बागमती प्रदेश सरकारले दुर्गम आलम्पू र विगु जोडने पुल बनाईदिएसँगै अब यी वडामा बाह्रै महिना सडक संजालमा जोडिएका हुन् । पुल नबन्दा खोलामा हेलिएर जोखिम मोल्दै सिंगटी र सदरमुकमा चरिकोट आउजाउ गर्नु पर्ने वाध्यता थियो ।
विगु – ६ को पिगु खोला पुल ६ करोड लागतमा सिनमार्ण सकिएको बागमती प्रदेशको पुर्वाधार विकास कार्यालय चरिकोटका प्रमुख हरि ओझाले बताउनुभयो । पुल बनेसँगै उत्तरी क्षेत्रको दुर्गम आलम्पूमा बर्ष भरिनै सडक संजालमा जोडिएको उनले बताए । यस्तै विगु–७ गगताले –विगु खोला जोडने पुल ६ करोड ५५ लाखमा निमार्ण सकिएको हो ।
दुवै पुल समयमै सकिएकाले कहि दिनमा निमार्ण कम्पनीले हस्तान्तरण गर्ने तयारी गरिरहेको उनले बताए । दुर्गमका दुवै वडा मोटरेव पुल नहु“दा बर्षको झण्डै ४ महिना सम्पर्क विच्छेदमा पर्दै आएका थिए ।










