कंग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि अपरान्ह १ बजे

रेडियो कान्तिपुर संवाददाता

पुस ८, २०८२ | काठमाडौं

समसामयिक बिषयमा छलफलका लागि नेपाली कंग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । भोलि अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

 बैठकमा विकसित राजनीतिक घटना, पार्टीको महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ । पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएपनि तल्लो तहमा तयारी नपुगेकाले कार्यतालिका हेरफेर गर्ने गृहकार्य भएको नेताहरुले बताएका छन् । त्यस्तै, आसन्न राष्ट्रिय सभाको निर्वाचन लगायत बिषयमा कार्यसम्पादन समितिमा छलफल गर्ने तयारी भएको छ ।


प्रतिक्रिया