आजका मुख्य समाचारः २०८१ कार्तिक २३

कार्तिक २३, २०८१ | काठमाडौं

 धावनमार्गको स्तरोन्नतीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान दैनिक १० घण्टा बन्द, ३० देखि ३५ प्रतिशतसम्म उडान कटौती हुने

लिङदेन नेतृत्वको राप्रपासँग पुनः एकता गर्ने राप्रपा नेपालको पहल, विगतका टुुटफुटलाई हेर्दा पार्टी एकीकरण हुनेमा आशङ्का भने कायमै

सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीबि राईलाई संरक्षण गरिएको सूर्यदर्शन बचत पीडित संघर्ष समितिको आरोप, रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन जारी राखेर आफूहरुको मुद्दा कमजोर बनाउन खोजेको समिति अध्यक्ष श्रेष्ठको भनाई

इजरेलको आक्रमणका परी मृत्यु भएका मध्ये गाजा क्षेत्रका करिब ७० प्रतिशत महिला तथा बालबालिका रहेको राष्ट्रसंघको तथ्याङ्क

बेलायतका अलराउण्डर क्रिकेटर डौथवेटले आगामी मंसिरमा हुने एनपीएलमा काठमान्डु गुर्खाजबाट खेल्ने, फ्रेन्चाइज टोली कर्णाली याक्सको जर्सी सार्वजनिक 


प्रतिक्रिया