१३२ केभी प्रशारण लाइनमा समस्या

माघ ८, २०७६ | काठमाडौं

बुटवल गोरुसिंगे लुम्बिनी १३२ केभी प्रसारण लाइनको काम विस्तारमा समस्या देखिएको छ । एक अर्ब २० करोड लागतमा ३ वर्षअघि आयोजना सुरु भएको थियो । योजना अनुसार तिलोत्तमाको योगीकुटीमा रहेको विद्युत प्रशारण लाइनबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा लुम्बिनी औद्योगिक करिडोरमा विद्युत विस्तार र स्तरोन्नतिको काम गरिने छ । 

 झण्डै २ वर्ष राजमार्ग छेउबाट विद्युत विस्तार गर्न नदिने तिलोत्तमावासीको अडानका कारण आयोजना अलपत्र परेको थियो । गतवर्ष नयाँ रुट तय गरेर भौतिक व्यवस्थापनका काम अगाडि बढाएपनि मुआब्जा लगायतका कारण काममा समस्या देखिएको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताउनुभयो ।

 हालसम्म ५० प्रतिशतमात्रै काम भएको उहाले बताउनुभयो । प्रसारण लाइन योगीकुटी सबस्टेसनबाट सुरु गरी तिनाउ नदीको छेउबाट विस्तार हुनेछ । कुल १८ किलोमिटरको प्रसारण लाइन तिलोत्तमा नगरपालिकाको मगरघाट, शुद्धोधन गाउँपालिका हुदै सियारीको मैनहिया पुग्ने आयोजनाले जनाएको छ । 


प्रतिक्रिया