धनकुटाको कृषिमा १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति

चैत्र १७, २०८२ | धनकुटा

चैत पहिलो साता आएको हावाहुरी र असिना पानीका कारण धनकुटामा कृषि क्षेत्रमा करिब १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लाको साँगुरीगढी गाउँपालिका र छथर जोरपाटी गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । हावाहुरीका कारण आँप, लिची, रुद्राक्ष, मकै तथा सिमी बालीमा नोक्सानी भएको केन्द्रले जनाएको छ । 

त्यस्तै छथर जोरपाटी गाउँपालिकाको सिधुवा र मजुवा क्षेत्रमा प्लास्टिक टनेल तथा अलैँची भट्टीमा समेत क्षति पुगेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो ।


प्रतिक्रिया