नेपाललाई‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले
चैत्र २३, २०८२ | काठमाडौं
अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । अर्थमन्त्री वाग्लेले ‘ग्रे लिस्ट’ले अन्तर्राष्ट्रिय छवि बिग्रीएकाले समेत तोकिएको समयमै त्यसबाट बाहिर निस्कन सरकार लागि परेको उल्लेख गर्नुभयो ।
त्यस्तै, अर्थमन्त्री वाग्लेले सरकारले सेयर बजारका ठूला लगानीकर्तालाई धरपकड गर्ने नीति नलिएको बताउनुभएको छ । सेयर बजारलाई सरकारले स्वच्छ र पारदर्शी बनाउन चाहेको भएपनि त्रास फैलाउने काम भइरहेको उहाँको भनाइ थियो । आर्थिक पत्रकार समाज सेजनका पदाधिकारीहरुसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले कुनै धरपकड अभियान नचलाएको दाबी समेत गर्नुभयो ।









