८ लाख घरेलु ग्राहकलाई नि:शुल्क बिजुली

जेष्ठ १९, २०७७ | काठमाडौं

नेपाल विद्युत प्राधिकरणका आठ लाख घरेलु ग्राहकले नि:शुल्क विद्युत सेवा उपभोग गर्न पाउने भएका छन् । ती ग्राहक आर्थिक रुपमा विपन्न भएका कारण राहत दिने उद्देश्यले महसुल नि:शुल्क दिने व्यवस्था मिलाइएको ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । ८ लाखमध्ये कतिपयले न्यूनतम शुल्कसमेत बुझाउन नसक्दा प्राधिकरणले विद्युत लाइन काट्दै आएको थियो ।

 मन्त्री पुनले भन्नुभयो, ‘छुट पाउनेहरु अति विपन्न हुन’, ‘विपन्नहरुलाई राहत होस् भन्नका लागि बजेटमै १० युनिटभन्दा कम उपभोग गर्ने ग्राहकलाई नि:शुल्क विद्युत उपलब्ध गराइएको हो ।’ आगामी १ साउनदेखि नै यो व्यवस्था कार्यान्वयनमा आउने मन्त्री पुनले स्पष्ट गर्नुभयो । मन्त्री पुनका अनुसार विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण गत चैतदेखि सबै प्रकारका ग्राहस्थ विद्युत ग्राहकलाई दिइादै आएको २५ प्रतिशत छुट पनि लकडाउन अन्त्य नहुादासम्मका लागि निरन्तरता दिइने छ ।

 यस्तै औद्योगिक क्षेत्र र सो भन्दा बाहिरका ठूला, मझौला , साना र घरेलु गरी सबै प्रकारका औद्योगिक ग्राहकले न्यूनतम शुल्कमा पूरै छुट पाउने छन् । खानेपानी संस्थान, काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), देशभरका खानेपानी कार्यालय र खानेपानी उपभोक्ता समितिहरुले वितरण गर्ने पानीको विद्युत महसुलमा न्यूतम शुल्क मिनाहा हुने मन्त्री पुनको भनाई छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा प्रतिमहिना १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहस्थ ग्राहक परिवारलाई विद्युत नि:शुल्क उपलब्ध गराउने उल्लेख गरिएपछि ग्राहकहरु लाभान्वित हुने भएका हुन् ।  


प्रतिक्रिया