पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ पुग्यो

रेडियो कान्तिपुर संवाददाता

असार ६, २०७९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्य सूची गएरातिबाट लागू भएको छ । रुस युक्रेन युद्धको विश्वव्यापी असरसंगै पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्य आकासिएको छ ।

उपभोक्ताले पेट्रोलमा प्रतिलिटर पेट्रोल १ सय ९९ र डिजेल मट्टितेलमा १ सय ९२ रुपैयाँ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मुल्य वृद्धि पछि पनि पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा प्रतिलिटर १३ रुपैयाँ ९५ पैसा तथा मटितेलमा ४३ रुपैयाँ ६ पैसा घाटा रहेको निगमले जनाएको छ । 


प्रतिक्रिया