उपत्यकाका ४९ व्यवसायिक फर्म कारबाहीमा

आश्विन ६, २०७९ | काठमाडौं

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमन गर्दा काठमाडौं उपत्यकामा ४९ वटा व्यवसायिक फर्मलाई कारबाही गरेको छ । अनुगमनका क्रममा गैरकानुनी कार्यमा सलंग्न भएका ती फर्मबाट ९ लाख ९५ हजार रुपैयाँ जरिवाना असुल भएको विभागका महानिर्देशक महेश भट्टराईले बताउनुभयो । विभागले गत आइतवारदेखि चाडपर्व लक्षित बजार अनुगमन शुरु गरेको थियो ।

 काठमाडौ, ललितपुर, भक्तपुरमा कृत्रिम अभाव सृजना गरेर मुल्य बढाउने, गुणस्तरहीन र म्याद नाघेको सामान बिक्रि गर्ने लगायत कार्य भएको पाइएको विभागले जनाएको छ । उपत्यका मात्र नभई बाहिर जिल्ला जाने राजमार्गको होटल र खाद्य पसलमा समेत अनुगमन गर्ने तयारी भएको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । 


प्रतिक्रिया