मिटरब्याज पीडितलाई छलफलमा आउन आग्रह

असार ३०, २०८० | परासी

पश्चिम नवलपरासीमा अनुचित लेनदेन सम्बन्धी उजुरी दिएका पीडित प्रशासनले आहृवान गरेको छलफलमा अनुपस्थित भएका छन् । जिल्लामा १ हजार ८ सय ८९ वटा उजुरी परेको भएपनि पीडक र पीडितबीच छलफलका लागि प्रशासनले बोलाउँदा पीडित पक्ष नै नआएपछि प्रशासनले सार्वजनिक सुचना नै जारी गरेर छलफल र समस्या समाधानका लागि प्रशासनमा आउन आग्रह गरेको हो ।

अहिलेसम्म तीस जना मात्र छलफलका लागि आएको र अन्य लाई खबर गरेको भएपनि खेती र ब्यक्तिगत कारण देखाउँदै अनुपस्थित भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बताउनुभयो । पीडित नै छलफलमा नआउँदा समस्या समाधानको काम अगाडि बढ्न नसकेको भन्दै छलफलमा आएर सहयोग गरीदिन आवहृान गरिएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया