नेपालमा ११ महिनामा ९ लाख पर्यटक भित्रिए

मंसिर १६, २०८०

नेपालमा सन् २०२३ को ११ महिनामा नौ लाख भन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार गत जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार तीन सय ८ जना पर्यटन नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै एक लाख आठ हजार ६ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी एक लाख १७ हजार तीन सय ६ जना पर्यटक नेपाल भ्रमण गरेका थिए । पर्यटक आगमनको पछिल्लो आाकडाले यो वर्ष सरकारको लक्ष्य पूरा हुने संकेत देखिएको छ । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

पर्यटन बोर्डका अनुसार नोभेम्बर २०२३ मा सबैभन्दा धेरै भारतीय आएका छन् । सो अवधिमा भारतबाट हवाईमार्ग भएर २४ हजार चार सय ४३ जना पर्यटकले भ्रमण गरेका थिए । अमेरिकाबाट ११ हजार चार सय ६१, छिमेकी मुलुक चीनबाट सात हजार ६ सय एक, बेलायतबाट ६ हजार एक सय ३८, अस्ट्रेलियाका पााच हजार ६० जना पर्यटन नेपाल आएका छन् । यस्तै, थाइल्याण्डबाट तीन हजार सात सय ६१, जर्मनीबाट तीन हजार पााच सय १२, श्रीलंकाबाट तीन हजार दुई सय २८ र फ्रान्सबाट तीन हजार दुई सय पााच जना पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।


प्रतिक्रिया