सहकारीले खरिद नगर्दा परासीमा ७१ टन रसायनिक मल गोदाममा थान्कियो

फाईल फोटो  

माघ ६, २०८० | परासी

किसानले पर्याप्त मल नपाईरहेको समयमा कृषि सामग्री कम्पनी लिमिटेड परासीमा आएको मल गोदाममा थन्किएको छ । 

कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी मार्फत वितरण गर्ने मल जिल्लाका केही सहकारीले खरिद नगर्दा ७१ टन मल गोदाममा नै थन्किएको हो । तोरी, गहुँ, उखु लगायत हिउँदे बालीका लागि किसानलाई अहिले रासायानिक मलको आवश्यकता छ ।

जिल्लाका ९ सहकारीले मल नलगेको कृषि सामग्री कम्पनी लिमिटेड परासीका प्रमुख नरहरी पोखरेलले बताउनुभयो । जिल्लाका ७ वटै पालिकाले आ–आफ्नो पालिकाभित्र रहेका सहकारीको नाम र परिमाणसहित मल उपलब्ध गराउन पत्रचार गरेका थिए । 

२४ टन युरिया र ४७ टन डीएपी मल गोदाममा थन्किएको हो । सहकारीहरुले भने वितरणमा जनशक्ती तथा मल पर्याप्त नहुँदा खरिद नगरीएको बताएका छन् । 


प्रतिक्रिया