सरकारद्वारा वैकल्पिक विकास वित्त कोष स्थापनाका लागि संसदमा विधेयक पेश

वैशाख १२, २०८२ | काठमाडौं

सरकारले पूर्वाधार क्षेत्रमा लगानी परिचालनका लागि वैकल्पिक विकास वित्त कोष स्थापनाका लागि विधेयक ल्याएको छ ।

 लगानी परिचालनमा एक खर्ब रुपैयाँ अधिकृत पूँजी र २५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहने गरी वित्त कोष स्थापना गर्ने सम्वन्धि विधेयक सरकारले प्रतिनिधिसभामा पेश गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधारको क्षेत्रमा देखिएको स्रोत अभाव हटाउने उद्देश्यसहित ल्याइएको विधेयक प्रतिनिधिसभाको बैठकमा पेश गर्नुभयो ।

मन्त्री पौडेलले बार्षिक २ देखि ३ खर्ब रुपैया मात्र पूर्वाधारमा लगानी गर्नुपर्ने अवस्था अन्त्यका लागि रकम जुटाउने गरी विधेयकमा व्यवस्था गरिएको बताउनुभयो । प्राथमिकता प्राप्त पूर्वाधारका आयोजनामा दीर्घकालिन लगानी जुटाउने लक्ष्य राखिएको उहाँको भनाइ छ ।

विधेयकमा आवश्यक स्रोतको व्यवस्था गर्दै उच्च प्रतिफलयुक्त दीगो पूर्वाधार विकासका लागि कोष स्थापनाको प्रस्ताव गरिएको छ । त्यस्तै, कोषमा सरकारको तर्फबाट ५१ प्रतिशत सेयर रहने प्रावधान राखिएको छ । 


प्रतिक्रिया