१४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण

असार १०, २०८२

देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी एक प्रदेशबाट दुई जनालाई पुरस्कार प्रदान गर्नुभएको हो । 

पुरस्कृत हुने कृषकहरुमा कोशी प्रदेशबाट सुरेशकुमार मेहता र रमेश साह, मधेश प्रदेशबाट भरतकुमार यादव र हिराबहादुर थापा मगर, बागमती प्रदेशबाट चेतप्रसाद ढकाल, र दयाराम मचामसी, गण्डकी प्रदेशवाट छिरिङ ढोका गुरुङ र बाटुली तिवारी, लुम्बिनी प्रदेशवाट जयपाल मौर्य, र सुवास कुर्मी छ्न् । त्यस्तै, कर्णाली प्रदेशवाट गोविन्द ओली, र भरतनाथ योगी छन् । 

त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी र लोकबहादुर थापा छन् । पुरस्कृत कृषकलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहान गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।


प्रतिक्रिया