रुस र चीनसंग सहकार्यका लागि तयार छु : ट्रम्प

माघ १, २०७३

 

 अमेरिकी राष्ट्रपतिमा निर्वाचित  डोनाल्ड ट्रम्पले  रुस र  चीनसंग सहकार्यका लागि तयार रहेको बताउनुभएको छ । रुससँग गम्भीर र आपत्तिजनक प्रमाणहरु रहेको भन्दै गरिएको प्रचार तथ्यहीन भएको  भन्दै ट्रम्पले आफ्नो कार्यकालमा आफू रुससंग सहकार्यका लागि तयार रहेको  बताउनुभएको हो । 

पछिल्लो समय अमेरिकाले  रुसमाथि साइबर अपराधको  आरोप लगाउँदै आएको छ  ।  गत साता ओबामा प्रशासनले  अमेरिकाले ३५ रुसी कुटनितिज्ञलाई  साइबर अपराध तथा इमेल ह्याकिङमा संलग्न भएकै आरोपमो अमेरिकाबाट निष्काशन गरेको थियो  ट्रम्पले  एक चीनका नीतिमा पुनरावलोकन आवश्यक रहेको जिकिर गर्नुभएको छ । 

यसैबीच  अमेरिकी सिनेटको अनुसन्धान समितिले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी घुसपैठ  तथा इमेल ह्याकिङ सम्बन्धमा छानबिन गर्ने निर्णय गरेको छ । अनुसन्धानका लागि ट्रम्प सहयोगीसंग समेत सोधपुछ गरिने सो समितिले जनाएको छ । 


प्रतिक्रिया