विश्वास घात गरेको भन्दै इजरायली रक्षामन्त्री पदबाट बर्खास्त
कार्तिक २१, २०८१ | काठमाडौं
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले रक्षामन्त्री योहेव गालान्टलाई बर्खास्त गर्नुभएको छ ।
गाजामा हमास र लेवनानमा हिजबुल्लाहविरुद्ध इजरेलको युद्ध जारी रहेका बेला प्रधानमन्त्री नेतान्याहूले रक्षामन्त्री गालान्टलाई बर्खास्त गर्नुभएको हो । प्रधानमन्त्रीको पछिल्लो कदमले इजरेली राजनीतिमा हलचल मच्चाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
हालका रक्षामन्त्री गालान्टले विश्वास घात गरेको प्रधानमन्त्री नेतान्याहूको भनाई छ । उहाँले गालान्टको स्थानमा गाजा र लेबनानमा युद्धको नेतृत्व गरेका इसरायल काट्जलाई नयाँ रक्षामन्त्रीमा नियुक्त गर्नुभएको छ ।
नेतान्याहूको सो कदमलाई लिएर विपक्षी दलले भने विरोध जनाएका छन् । राष्ट्रिय सुरक्षाको मामिला बाहिर गएर प्रधानमन्त्री नेतान्याहूले राजनीतिक सौदाबाजी गरेको विपक्षीको आरोप छ ।