इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

कार्तिक १९, २०८१ | काठमाडौं

इन्डोनेशिया स्थित पूर्वी क्षेत्रमा रहेको फ्लोरेस टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । 

लेवोटोबी पर्वतमा रहेको लाकी लाकी नामको सो ज्वालामुखी विस्फोट हुँदा सो हताहती भएको हो । एक हजार ७ सय ३ मिटर उचाईमा रहेको सो ज्वालामुखी विस्फोट हुँदा सो क्षेत्र वरपरका कयौं घर जलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

आगो फैलिरहेकाले सो क्षेत्र वरपर रहेका घर समेत खाली गरिएको बताइएको छ । ज्वालामुखी विस्फोटका कारण १० हजार २ सय ९५ नागरिक प्रभावित भएको त्यहाँको विपद् न्यूनीकरण संस्थालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सो क्षेत्र वरपर आगो फैलिन सक्ने भएकाले स्थानीयलाई सतर्कता अपनाउन समेत भनिएको छ । 


प्रतिक्रिया