बिद्रोहीको आक्रमण पछि कंगोमा ईबोला नियन्त्रण कार्यक्रम बन्द

रेडियो कान्तिपुर संवाददाता

मंसिर २, २०७५ | एजेन्सी

अफ्रिकी मुलुक कंगोमा सशस्त्र समुहको आक्रमणका कारण ईबोला नियन्त्रण कार्यक्रम बन्द भएको छ । स्वास्थ्य शिविर नजिकै सशस्त्र समुहले आक्रमण तीब्र पारेपछि तत्कालका लागि कार्यक्रम बन्द गर्नु परेको कंगोको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बेनी शहरका स्वास्थ्य शिविरको केही मिटर नजिक बिद्रोही समुहले आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । कार्यक्रममा सहभागी विश्व स्वास्थ्य संगठन डब्लूएचओका कर्मचारीलाई सुरक्षीत स्थानमा लगिएको छ । सो क्षेत्रमा ईबोलाका कारण गत ४ महिनामा २ सय जनाको मृत्यु भएको छ । कार्यक्रम पुन:सुरु गर्ने नगर्ने बारे अन्योल रहेको बताउदै डब्लूएचओले सुरक्षाको माग गरेको छ । सशस्त्र समुहको आक्रमणपछि भएको भिडन्तमा कंगो सेना वा राष्ट्रसंघको शान्ति सेना संलग्न रहेको भनिएपनि जवाफी हमला कस्ले गरेको भन्ने केही खुलाईएको छैन ।

भिडन्तमा सशस्त्र समुहका १८ जना सदस्यको मृत्यु भएको छ । गत हप्ता सशस्त्र समुहको आक्रमणमा परी ७ जना शान्ति सेना र १२ जना स्थानीय सैनिकको मृत्यु भएको थियो । 

 


प्रतिक्रिया