ग्वाईडोलाई राष्ट्रपतिको मान्यता दिन अमेरिकाको आग्रह

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ४, २०७५ | एजेन्सी

– भेनेजुएलाका विपक्षी नेता हुवा ग्वाईडोलाई राष्ट्रपतिको मान्यता दिन अमेरिकाले यूरोपेली यूनियनलाई आग्रह छ । राष्ट्रपति निकोलस मडुरोलाई निरंकुशको संज्ञा दिँदै अमेरिकाले विपक्षी नेता ग्वाईडोको समर्थनमा जुट्न सम्पूर्ण यूरोपलाई आग्रह गरेको हो । अमेरिका लगायत केही यूरोपेली मुलुकले ग्वाईडोलाई भेनेजुएलाको राष्ट्रपतिको रुपमा मान्यता दिएको भन्दै अमेरिकी उपराष्ट्रपति माईक पेन्सले केही देशले मात्र नभई सम्पूर्ण यूरोपले मान्यता दिनुपर्ने बताउनुभएको हो ।

जर्मनीको म्यूनिखमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रुपमा आफूलाई घोषणा गरेका ग्वाईडोलाई सम्पूर्ण मुलुकहरुको समर्थन आवश्यक रहेको बताउनुभएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । 


प्रतिक्रिया