उत्तर कोरियामा खाद्य संकट

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १०, २०७५

- उत्तर कोरियामा खाद्य संकट देखा परेको छ । २०१९ मा मुलुकमा १४ लाख टन खाद्यान्नको कमी रहने प्योङयाङले उल्लेख गरेको छ । तापक्रम वृद्धि, खडेरी, बाढी तथा संयुक्त राष्ट्रसंघको प्रतिबन्धका कारण खाद्यान्न संकट खेप्नुपरेको उत्तर कोरियाले जनाएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच हुने दोश्रो शिखर वार्ता अघि उत्तर कोरियाली संयुक्त राष्ट्रसंघीय मिशनले मेमो जारी गरेको छ । जारी गरिएको मेमोमा अन्तर्राष्ट्रिय समुदायमा खाद्य संकटबारे तत्काल निर्णय लिन आग्रह गरिएको छ ।

राष्ट्रसंघले गत नोभेम्बर डिसेम्बरमा भएको अध्ययनको पुनावलोकन गर्न विश्व खाद्य कार्यक्रमलाई आग्रह समेत गरेको छ । उक्तर कोरियाले आणविक कार्यत्रम पूर्णरुपमा बन्द नगर्दासम्म प्रतिबन्ध फुकुवा नगर्ने अमेरिकाले प्रष्ट पारेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा काउन्सिलका १५ सदस्यले सन् २००६ मा सर्वसम्मत निर्णय गर्दै प्रतिबन्ध लगाएका थिए । प्योङयाङले आणविक र ब्यालिष्टिक मिशाईल कार्यक्रम बन्द गर्ने सर्त सहित सो प्रतिबन्ध लगाईएको थियो 


प्रतिक्रिया