भारतको तमिलनाडुको निर्वाचन स्थगित

रेडियो कान्तिपुर संवाददाता

वैशाख ४, २०७६

- भारतको तमिलनाडुको भेलोरमा उम्मेदवारले मतदातालाई रकम बाँडेको भेटिएपछि भोलि हुने भनिएको निर्वाचन स्थगित गरिएको छ । १४ लाख मतदाता रहेको भेलोर शहरमा डिएमके पार्टीका उम्मेदवार काथिर आनन्दले रकम बाँडेको भेटिएको भारतको निर्वाचन आयोगले उल्लेख गरेको छ । तामिल नाडुको क्षेत्रीय दल डिएमके राज्यको प्रमुख प्रतिपक्षी हो ।

सत्तारुढ दलले षड्यन्त्र गरी आफूलाई फसाउन खोजेको भन्दै आनन्दले आरोप निराधार रहेको बताए । मतदातालाई नगद, मादक पदार्थ तथा उपहार बाँडिएको निर्वाचनका पर्यवेक्षक तथा अवलोकनकर्ताले भन्ने गरेपनि भारतमा मतदान नै रद्द गरिएको पहिलो पटक हो ।

डिएमकेका उम्मेदवारको नातेदारको घरबाट निर्वाचन अधिकारीले ११ करोड रुपैया बरामद गरेका छन् । नगद सँगै मतदाताको सूची र उनका लागि छुट्टाइएको रकम र उपहारका विवरण उल्लेख रहेको निर्वाचन आयोगले जनाएको छ । भोलि भारतको तामिलनाडुसहित १३ राज्यमा निर्वाचनको दोश्रो चरणको कार्यक्रम अन्तर्गत मतदान हुँदैछ ।

 


प्रतिक्रिया