दार्जिलिङ सहित पश्चिम बंगालका तीन जिल्लामा मतदान सुरु

रेडियो कान्तिपुर संवाददाता

वैशाख ५, २०७६ | बीबीसी

भारतमा जारी १७ औं लोकसभा निर्वाचनको दोस्रो चरण अन्तर्गत दार्जिलिङ सहित पश्चिम बंगालका तीन जिल्लामा मतदान सुरु भएको छ । बंगालको दार्जिलिङ, जलपाईगुडी र रायगञ्ज जिल्लामा मतदान सुरु भएको हो । बंगालका आलिपुरद्वार र कोचबिहार जिल्लामा पहिलो चरणमै निर्वाचन भईसकेको छ ।

१० लाख बढी नेपालीभाषी रहेको दार्जिलिङ लोकसभा निर्वाचनमा चर्चाको केन्द्र रहँदै आएको छ । विभिन्न १९ वटा पार्टीहरुको सहभागिता रहने निर्वाचनमा विगतजस्तै यसपाली पनि सत्ताधारी भारतीय जनता पार्टी र कंग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

अधिकांश पार्टीले गोर्खा समुदायकै उम्मेदवारलाई उठाएका छन् । छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको अगुवा दल गोर्खा जनमुक्ति मोर्चा भने विभाजित छ ।

मोर्चामा विमल गुरुङ र विनय तामाङ गुटहरुले अन्य दलहरुलाई नै सघाएका छन् । दार्जिलिङ प्रधानमन्त्री नरेन्द्र मोदी र ममता बेनर्जीबीच प्रतिष्ठाको विषय समेत रहदै आएको छ । 


प्रतिक्रिया