साउथ अफ्रिकामा चर्च भत्किँदा १३ जनाको मृत्यु 

रेडियो कान्तिपुर संवाददाता

वैशाख ६, २०७६ | काठमाडौं

- दक्षिण अफ्रिकाको क्वाजुलु–नाटल प्रान्तस्थित एक चर्चको पर्खाल भत्किदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् ।

भारी बर्षाका कारण चर्चको पर्खाल भत्किएको स्थानीय अधिकारीले बताएको बीबीसीले उल्लेख गरेको छ । चर्चको पर्खाल भत्किएपछि आज पालमुनी विशाल प्रार्थना कार्यक्रम राखिएको थियो । 

 


प्रतिक्रिया