डिमेन्सियाको जोखिम न्यूनिकरणका लागि  निर्देशिका 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १, २०७६

- विश्व स्वास्थ्य संगठन डब्लु .एच .ओ ले स्मरण शक्ति कमजोर हुने रोग डिमेन्सियाको  जोखिम न्यूनीकरण  सम्बन्धि विषवस्तु समेटिएको निर्देशिका सार्वजनिक गरेको छ । पहिलो पटक सार्वजनिक गरिएको  निर्देशकामा डिमेन्सियाको जोखिम व्यवस्थापनसम्बन्धि विषयवस्तु समेटिएका छन् ।

डिमेन्सियालाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य  चुनौतीका रुपमा अथ्याउँदै सो रोगबाट बच्नका लागि स्वस्थ र सक्रिय जीवनशैली अवनाउनुपर्ने सुझाएको छ । विश्वका करीब ५ करोड मानिस यो रोगको सिकार भएको समेत संगठनले उल्लेख गरेको छ ।

यही अनुपातले बढ्दै गए आगामी ३ वर्ष मा तीन गुणो यस रोगका रोगी बढ्ने जनाइएको छ । प्रायजसो वृद्ध अवस्थामा देखा पर्ने डिमेन्सियाको उपचार पत्ता लगाउन वर्षौं लाग्न सक्ने विज्ञको भनाई छ । यद्यपी यस बच्न स्वस्थ आहार, जीवनशैली र धुम्रपान र मद्यपानबाट टाढा बस्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । यस्तै शारीरिक तौल, रक्तचाप र कोलेस्टोरेल लगायतमा  उच्च सतर्कता अपनाउनुपर्ने सुझाव निर्देशिकामा समेटिएको छ । 

 


प्रतिक्रिया