सिड्नीमा छुरा प्रहार गरी एकको हत्या, एक घाइते

श्रावण २८, २०७६ | अस्ट्रेलिया

अस्ट्रेलियाको सिड्नीमा मंगलबार एक युवाले छुरा प्रहार गरेर एक महिलाको हत्या गरेका छन् । अर्का एकलाई घाइते बनाएका छन् । सिड्नीको ब्यस्त सडकमा दिउँसै छुरा देखाएर आतंकित पार्ने उनलाई स्थानीयबासीको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।

दिउँसो २ बजे सिड्नीमा २१ वर्षीय मर्ट नेले छुरा लिएर सर्वसाधारणलाई आक्रमण गर्ने प्रयास गरेका थिए । सो क्रममा एक महिलालाई घाइते समेत बनाएका थिए । ब्यस्त सडकमा आतंक मच्चाइरहेका उनलाई स्थानीयको नियन्क्रणमा लिएका थिए ।

नियन्त्रणमा लिने त्रममा स्थानीयहरुले दूधको क्रेट, क्याफेमा राखिएका कुर्सीहरुको प्रयोग गरेका थिए । प्रहरीले २१ वर्षीय एक युवतीको समेत घटना भएको स्थान नजिकै छुरा प्रहारबाट मृत्यु भएको र सो घटना आतंकित पार्ने युवकसँग सम्बन्धित भएको बताएको छ ।

प्रहरीले मंगलबारको सो घटना आतंकवादी नभएको र कुनै आतंकवादी संगठनसँग सम्बन्धित नभएको समेत बताएको सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा संलग्न युवा मानसिक रोगी भएको र प्रहरीको जानकारीमा रहेको समेत बताइएको छ ।

प्रहरीले छुरा लिएर आतंकित पार्ने युवालाई नियन्त्रणमा लिएका सर्वसाधारणहरुलाई ‘हिरो’ को संज्ञा दिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ । घटनाका प्रत्यक्षदर्शीहरुले अति ब्यस्त शहरमा भएको यस्तो घटनाले आतंकको वातावरण सृजना भएको बताएका छन् ।

न्यु साउथ वेल्सका प्रहरी कमिस्नर माइकल फुलरले पक्राउ फरेका ब्यक्तिको त्रियाकलाप खतरनाक रहेको प्रतिक्रिया दिएका छन् । घटनामा घाइते महिलाको स्थानीय सेन्ट भिन्सेन्ट अस्पतालमा उपचार भइरहेको छ ।  


प्रतिक्रिया