पाकिस्तान अन्तर्राष्ट्रिय अदालत जाने

भाद्र ४, २०७६

- पाकिस्तानले विवादास्पद कश्मिरको मुद्दामा अन्तर्राष्ट्रिय अदालत जाने निर्णय गरेको छ । कश्मिरको विशेषाधिकार अन्त्य गर्ने भारत सरकारको निर्णय विरुद्ध पाकिस्तानले अन्तर्राष्ट्रिय अदालत जाने निर्णय गरेको हो । भारतले कस्मिरलाई केन्द्र मातहत राखेर नियन्त्रणको प्रयास गरेपछि दुई देशवीचको विवाद चर्किएको छ ।

 भारत– पाकिस्तानबीच कश्मिरको भु–भागका विषयमा दशकौँदेखिको विवाद कायमै छ । कश्मिरको केही भाग भारतको नियन्त्रणमा छ भने केही भाग पाकिस्तान प्रशासित छ । मुस्लिम बाहुल्य क्षेत्रमा भारत सरकारले मानवअधिकारको उल्लघंन गरेको विषयलाई मुख्य मुद्दा बनाउने पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेसीले बताउनुभएको छ ।

पाकिस्तानले कश्मिर मुद्धालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा समेत विषय प्रवेश गराएको छ । दुई मुलुकले आपसी रुपमा विवाद सुल्झाउनु पर्ने राष्ट्रसंघको आशय पछि पाकिस्तानले अन्तर्राष्ट्रिय अदालत जाने निर्णय गरेको हो ।

यसैबीच दिल्लीको निर्णयको विरोध हुन सक्ने भन्दै कश्मिरमा सुरक्षा सर्तकर्तासहित निषेधाज्ञा लगाइएको छ । कश्मिरमा यसअघि  टेलिफोनसहित सञ्चारका सबै माध्यम बन्द गरिएको थियो ।

 


प्रतिक्रिया