इजरेलमा ५ महिनामा दोश्रोपटक मतदान जारी

भाद्र ३१, २०७६ | काठमाडौं

 इजरेलमा ५ महिनाको अवधिमा दोश्रो पटक खाह्वान गरिएको आम निर्वाचनअन्तर्गत मतदान भइरहेको छ । गत अप्रिलमा भएको आमनिर्वाचनमा कुनै पनि दलले आवश्यक बहुमत ल्याउन असफल भएपछि पुन: निर्वाचन गरिएको हो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दल लिकुड पार्टी र ब्लु एण्ड ह्वाईट पार्टीबीच मुख्य प्रतिस्पर्धा रहेको बीबीसीले उल्लेख गरेको छ । १ सय २० सिटका लागि यसअघि भएको मतदानमा दुवै दलले ३५/३५ सिटमा जित हात पारेका थिए ।

त्यसलगत्तै साना दलको सहयोगमा प्रधानमन्त्री नेतन्याहुले सरकार गठनको प्रयास गरेपछि असफल भएपछि दोश्रो आमनिर्वाचन आह्वान गर्नुभएको हो । आजको मतदान सकिएलगत्तै नयाँ सरकार गठनका लागि कसरत शुरु हुनेछ । 


प्रतिक्रिया