ट्वीटरले राजनीतिक विज्ञापन माथि प्रतिबन्ध लगाउने

कार्तिक १४, २०७६

माईक्रो ब्लगिङ साईट ट्वीटरले आफ्नो प्लाटफर्ममा राजनीतिक विज्ञापन माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । राजनीतिक धारणालाई बेचबिखन गर्न नहुने भन्दै ट्वीटरले सम्पूर्ण राजनीतिक विज्ञापन माथि प्रतिबन्ध लगाएको छ ।

ट्वीटरको प्रतिद्वन्दी फेसबुकले भने राजनीतिक विज्ञापन हटाउने प्रस्ताव अस्वीकार गर्दै त्यसलाई परादर्शी बनाउने प्रतिबद्धता जनाएको छ । सन् २०२० को चुनावलाई केन्द्रित गर्दै अमेरिकामा सुरु राजनीतिक अभियानमा प्रयोग भएका विज्ञापनका कारण सामाजिक सञ्जालका कम्पनीहरुको भूमिकाको आलोचना भैरहेका छन् ।

ट्वीटरका १२ करोड ६० लाख दैनिक प्रयोग कर्ता छन् भने फेसबुकको १ अर्ब ६३ करोड नियमित प्रयोगकर्ता छन् । 


प्रतिक्रिया