जोर्डनको एक फार्ममा आगलागी, १३ पाकिस्तानीको मृत्यु 

मंसिर १६, २०७६

जोर्डनको अमानस्थित एक फार्ममा आगलागी हुँदा १३ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका छन् । ३ जना घाइते भएका छन् । मध्यरातमा आगलागी हुँदा ठूलो हताहती भएको रोयटर्सले उल्लेख गरेको छ ।

विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने स्थानीय सुरक्षाकर्मीको प्रारम्भिक अनुमान छ । जोर्डन भ्यालीमा विशेष गरी निजी फार्महरुमा नाजुक अवस्थामा विदेशी कामदारहरु रहँदै आएका छन् । 

 


प्रतिक्रिया