ईश्लामिक अतिवादी समूहको आक्रमणमा परी २२ को मृत्यु

मंसिर ३०, २०७६

कंगोमा ईश्लामिक अतिवादी समूहको आक्रमणमा परी २२ जनाको मृत्यु भएको छ । सुरक्षाफौजले जवाफी कारबाही नगर्दा समेत सशस्त्र समूहले सर्वसाधारणको हत्या गरेको कंगो सरकारले दाबी गरेको छ । 

बाबोआ र तोम्बी गाउँमा सर्वसाधारणको २२ शव फेला परेको समाचार संस्था रोयर्टसले उल्लेख गरेको छ । 

आफूहरुलाई सुरक्षा दिन नसकेको भन्दै स्थानीयले सरकार र राष्ट्र संघीय शान्ति सेना विरुद्ध प्रदर्शन गरेका छन् । ईबोलाको संक्रमण रोक्न आयोजना गरिएका कार्यक्रम समेत हिंसाका कारण प्रभावित भएका छन् ।

 कंगोमा सरकारी सेना र अतिवादी समूहबीच गत अक्टोवरमा भएको मुठभेडमा सर्वसाधारणलाई ढालका रुपमा प्रयोग गर्दा १ सय ७९ जनाको मृत्यु भएको थियो । 


प्रतिक्रिया