अफ्गानिस्तानबाट २७ अभियन्ता अपहरणमा

पुस ९, २०७६

अफ्गानिस्तानको फराह प्रान्तस्थित राजमार्गबाट शान्ति स्थापनाका लागि खटिएका २७ अभियन्ताहरुलाई तालेवान विद्रोही समूहले अपहरण गरेको छ । पिपल्स पिस मुभमेन्ट नामक समुहमा आवद्ध अभियन्ताहरु अपहरणमा परेको फराहका डेपुटी गभर्नर मसौद बख्तवारले बताउनुभयो । 

६ वटा कारमा सवार उनीहरुलाई तालेवान लडाकुले मुख्य राजमार्गबाट अज्ञात स्थानमा लिएर गएका हुन् । युद्धविराम र शान्ति स्थापनाका लागि आग्रह गर्दै उनीहरु विभिन्न स्थानमा पुग्ने गरेका छन् । तर तालेवानले भने सो समुह अफ्गान सरकारबाटै परिचालित भएको बताउँदै आएको छ । 

तालेवान, सन् २००१ मा अमेरिकी नेतृत्वको सुरक्षाफौजले पदच्यूत गरेयताकै शक्तिशाली बनेको रोयटर्सले उल्लेख गरेको छ । सन् २००१ यता दशौं हजार सर्वसाधारण, सुरक्षाफौजका सदस्य र २ हजार ४ सय अमेरिकी सैनिकले ज्यान गुमाईसकेका छन् ।


प्रतिक्रिया